• एउटै दृष्टि, भिन्न कोण
  • Search

विश्वभर बन्द भएको फेसबुक इंकको एपहरू पुन: सुचारु, केही घन्टा बन्द हुँदा ६ अर्ब बढी डलर घाटा

काठमाडौ २०७८ असोज १९ गते मङ्गलवार

विश्वभर बन्द भएको फेसबुक इंकको एपहरू फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप र मेसेन्जर करिब सात घण्टा पछि पुन: सुचारु भएको छ ।

डाउनडिटेक्टरका अनुसार फेसबुकले सन् २००८ पछि हालसम्मकै ठूलो अवरुद्धको सामना गरेको हो । हिजो साँझ देखि बन्द भएको फेसबुकको फोटो शेयरिङको एप इन्टाग्रामदेखि म्यासेजिङ एपहरू ह्वाट्सएप र म्यासेन्जर पनि बन्द भएका थियो । यसले विश्वभरका करिब दुई अर्ब ७० करोड प्रयोगकर्ताहरू प्रभावित भएका थिए ।

आज बिहान ५:३० बजे फेसबुकमा स्टाटस राख्दै कम्पनीका सीईओ मार्क जुकर्बगले सेवा अवरुद्धको लागि माफी माग्दै सेवा सुचारु भएको जनाएका छन् ।

फेसबुकसहितका साइट बन्द भएर फेरि सुरू हुँदासम्म फेसबुकका सिइओ मार्क जुकरबर्गले भने ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएका छन्।

ब्लुमबर्गका अनुसार सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ। मध्य सेप्टेम्बरयता मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओह्रालो लागेको छ।

सेयरको मूल्य घटेसँगै जुकरबर्गको सम्पत्ति पनि घटेको छ। ब्लुमबर्ग बिलिनियर्स इन्डेक्समा उनी पाँचौं नम्बरमा झरेका छन्। यसअघि उनीभन्दा पछि रहेका बिल गेट्सले जुकरबर्गलाई पछि पारेका छन्।

प्रतिक्रिया दिनुहोस