• एउटै दृष्टि, भिन्न कोण
  • Search

मुख्यमन्त्री द्वारा महामारी नियन्त्रण गर्न निर्देशन

रुपन्देही २०७८ असोज १९ गते मङ्गलवार

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रशाद केसी ‘सोनाम’ ले कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज र आसपासका क्षेत्रमा फैलिएको महामारीलाई तुरुन्त नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालायलाई निर्देशन गरेका छन । आज विहान देखी लगातार रुपममा फैलिएको झाडापखाला प्रकृतिको महामारी फैलिएको जानकारी पाएपछि नियन्त्रणकोलागि कुनै कसुर बाकी नराख्न निर्देशन दिएका हुन ।

कपिलबस्तु बहादुरगञ्जका आसपासका देवानगिया, जमुनी, सुखरामपुर, दयानगर, बभनपुरवा, जुमिला, विजयनगर लगायतका गाउँहरुमा १८ गते रातिदेखि संक्रमण फैलिएको थियो। सो संक्रमणले महामारीकोरुप लिएको जानकारी पाए लगत्तै स्वास्थ्य मन्त्रालयका सविच डा. विकास देवकोटालाई रोकथामका लागि निर्देशन गरिएको प्रेस संयोजक मानसिङ बिकले जानकारी दिए । उनका अनुसार त्यस क्षेत्रको रोगको पहिचान, उपचारका लागि कुनै पनि कमी हुन नदिनका लागि मंगलबार दिउसो नै निर्देशन दिइएको जानकारी दिए ।

आज अन्य कर्मचारी पठाइएको र २० गते विहानै स्वास्थ्य सचिवको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली परिचालन गरी नियन्त्रण गर्न निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस संल्लाहकार मानसिंह विश्वकर्माले बताए । आज नै महामारी नियन्त्रणकोलागि प्रदेश मन्त्रालयले रुपेन्देही र कपिलबस्तुबाट स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटाले बताए । उनका अनुसार स्वास्थ्य सामाग्रीसहित आवश्यक जनशक्ति पठाएको र गम्भिर विरामीहरुलाई लुम्बिनी प्रादेशिक अस्पताल र कपिलबस्तु अस्पतालमा ल्याइ उपचार भईरहेको छ ।

संक्रमण हैजा भएको हुन सक्ने भन्दै पानीको जाँच गरिएको र विहान सम्ममा नियन्त्रण गर्न गर्न लागिपरेको जनाइएको छ । शिवराज अस्पतालमा बिरामीको चाप बढेपछि शुरुआतमा निजि क्लिनिकमा उपचारको क्रममा ३ जनाको मृत्युु भइ सकेकोछ ।

प्रतिक्रिया दिनुहोस