• एउटै दृष्टि, भिन्न कोण
  • Search

अझै भएन नाउली-रमाइको खानेपानी समस्या समाधान -एक हप्ताको सहमति कागजमा मात्र सिमित

गंगादेब गाँउपालिका रोल्पा २०७८ असोज २६ गते मङ्गलवार

गंगादेब गाउपालिका वडा नं ३ नाउली, घोरानेटी, बडामेला, रमाइ बस्तिको खानेपानी समस्या अझै सम्म पनि समाधान हुन सककेको छैन। २०७७ चैत्र २२ गते भएको छलफल अनुसार एक हप्ता भित्र संचालनमा ल्याउने गरि सहमति गरिएको भएता पनि उपभोक्ता समितिले निश्चित मापदण्डमा काम सम्पन्न गर्न नसक्दा समस्या ज्यूकात्यू रहेको हो।

निर्णय पुस्तिका पोस्टपाटी डट कम बाट साभार

खानेपानीको समस्या र बिवाद समाधानकोलागि गाउँपालिका अध्यक्ष बिर बहादुर खत्री, उपाध्यक्ष रिता घर्ति, वडाध्यक्ष जलेश कुमार केसी, प्राबिधिक बल बहादुर बस्ने र मोहोन ओली, इलाका प्रहरी कार्यलय सुकाओढारबाट प्रहरी नायक निरीक्षक श्याम कुमार श्रिस लगायतको प्रहरी टोली, नेपाली कांग्रेसका सभापति दिपेन्द्र डाँगी, एमाले जिल्ला कमिटि सदस्य पल बहादुर बिक, नेकपा विप्लवका गाउँ कमिटि इन्चार्ज घमण्ड बहादुर चन्द ‘किरण’, माओबादी केन्द्रका प्रतिनिधि भरत केसी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, योजना निर्माण समितिका पदाधिकारीहरु र खानेपानी उपभोक्ता तथा स्थानीय समुदायहरुको उपस्थितिमा एक हप्ता भित्र संचालनमा ल्याउनेगरी सहमति गरिएको थियो । सहमति अनुसार काम भए नभएको अनुगमण गरि सहि नतिजा दिन नसक्दा स्थानिय सरकारको आलोचना हुने गरेको हो ।

एसियाली बिकास बैङ्कको सहयोगमा निर्मित साविकको वडा नं ६,७,८,९ का बस्तीहरुमा बितरित खानेपानी मर्मत योजना कागजी प्रकृयामा सम्पन्न भैसकेको छ । स्थानिय सरकारले २०७७ असार मसान्त अगाबै काम नसकिदै कागजी प्रक्रिया अनुसार सम्पन्न गरिएको थियो । कागजी प्रकृयामा सम्पन्न उक्त खानेपानी आयोजनामा पानी वितरण गर्नेकाम अझै अपुरो रहेको स्थानियको गुनासो छ। मर्मतको लागि ५० लाख बराबरको बजेट रहेको योजनामा निर्माण उपभोक्ता समितिले खर्च मितब्ययिता नभएको र हिनामिना भएको भन्दै स्थानिय धेरै व्यक्तिहरुले टिका टिप्पणी गरिरहेको छन । प्राप्त बजेट अनुसार तोकिएको काममा प्रयोग नभएको कारण पानी चल्न नसकेको स्थानियको आरोप छ ।

निर्माण समितिका अध्यक्ष रहेका धन बहादुर डाँगीले उक्त योजनाबाट ८ लाख ५० हजार ५ सय ४६ घाटा बेहोरेको सोलोडोलो कागज देखाउने गरेका छन । उनले हस्त लिखित हिसाव देखाउदै योजनामा जम्मा खर्च ५४ लाख २ हजार ५ सय ४६ भएको र जम्मा ४५ लाख ६० हजार निकाशा भएको बताए ।

प्रतिक्रिया दिनुहोस