• एउटै दृष्टि, भिन्न कोण
  • Search

यदि आज नेपाल बंगलादेश सँग पराजित भए के हुन्छ ?

काठमाडौ २०७८ असोज २७ गते बुधवार

माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज फाइनल प्रवेशका लागि निर्णायक खेलमा बंगलादेशको सामना गर्दैछ । आजै अर्को खेलमा आयोजक माल्दिभ्स र भारत पनि भिड्दैछन् । फाइनल प्रवेशका लागि आज नेपाललाई कम्तीमा बराबरी नतिजा नै काफी हुन्छ । तर, भारत र बंगलादेशलाई भने अनिवार्य जित नै चाहिन्छ । यी दुई देशले बराबरी खेले दुवै टोली आउट हुनेछन् ।

माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा अपराह्न ४ः४५ बजेबाट सुरु हुने खेलमा नेपाल स्पष्ट जित वा बराबरीको लक्ष्य लिएर उत्रिनेछ । यदि नेपाल पराजित भयो भने प्रतियोगिताबाट आउट हुनेछ । २५ वर्षदेखि साफ च्याम्पियनसिप फुटबलमा संघर्ष गर्दै आएको नेपाल यसपटक फाइनल पुग्न र च्याम्पियन बन्न चाहन्छ । नेपालले सुरुआती दुवै खेल जितेर उत्कृष्ट सुरुआत गरेको थियो । र, त्यसपछि भारतसँग १–० ले पराजित हुँदा नेपालले अन्तिम खेलअघि नै फाइनल पुग्ने अवसर गुमायो ।

आज निर्णायक खेलमा आफ्नो चीर प्रतिद्वन्दी बंगलादेशको सामना गर्दा उति ठूलो दबाब हुनेछैन । नेपालले मात्रै बराबरी गरे फाइनल प्रवेशका लागि पर्याप्त हुन्छ । तर, पराजित भए यात्रा समाप्त । तसर्थ आज नेपालले कुनै दबाब नलिईकन सावधानी भएर खेले राम्रो नतिजा निकाल्न सक्छ । किनभने, नेपालमाथि भारत र बंगलादेशमाथि जस्तो दबाब छैन । यदि नेपाल भर्सेस बंगलादेश र भारत भर्सेस माल्दिभ्सको खेलको स्कोर जति भए पनि बराबरीमा सकिए नेपाल र माल्दिभ्स फाइनल पुग्छन् भने भारत र बंगलादेश आउट हुन्छन् ।

प्रतिक्रिया दिनुहोस