• एउटै दृष्टि, भिन्न कोण
  • Search

फेसबुकको नाम परिवर्तन हुदै, राख्दैछ यस्तो नाम

काठमाडौ २०७८ कार्तिक ४ गते बिहिवार

फेसबुकले नाम परिवर्तन गर्ने तयारी गरेको छ । मेटाभर्स परियोजनालाई दर्शाउने गरी कम्पनीले आउँदो साता फेसबुककाे नाम परिवर्तन गर्ने भएको हो ।

कम्पनीका सीईओ मार्क जुकरबर्गले आउँदो २८ तारिखमा आयोजना हुने वार्षिक कार्यक्रम ‘कनेक्ट कन्फ्रेन्स’ मा कम्पनीको नाम परिवर्तन गर्ने गरी छलफल अघि बढाएका छन् ।

नाम परिवर्तनको विषय उक्त कार्यक्रमअघि नै घोषणा गर्ने तयारी भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यम भर्जले उल्लेख गरेकाे छ ।

जसरी सन् २०१५ मा गुगलले आफ्नो मुख्यको कम्पनीको नाम अल्फाबेट बनाएको थियो । फेसबुकले पनि सोहीअनुसार फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम लगायतका अन्य कम्पनीलाई समेट्ने गरी मुख्य कम्पनी खडा गर्नसक्ने आँकलन गरिएको छ ।

हालसम्म यी सबै कम्पनी फेसबुक ईंकअन्तर्गत सञ्चालित छन् ।

प्रतिक्रिया दिनुहोस