• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पाकी ईश्वरी जीएम बनिन् एमालेको केन्द्रीय सदस्य

चितवन २०७८ मङ्सिर १४ गते मङ्गलवार

नेकपा एमालेमा रोल्पाकी ३२ वर्षीया ईश्वरी जीएम केन्द्रीय सदस्य बनेकी छन् ।

चितवनको सौराहमा मंगलबार सकिएको दशौं महाधिवेशनबाट जीएम जनजातिको महिला क्लस्टरबाट केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् ।

रोल्पाको नुवागाउँकी जीएम विद्यार्थी राजनीतिबाट एमालेमा संगठित भएकी थिइन् । प्रेस चौतारी रोल्पा शाखाको प्रमुख समेत भइसकेकी उनी एमालेको रोल्पा जिल्ला कमिटीमा बसेर समेत काम गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस