• एउटै दृष्टि, भिन्न कोण
  • Search

गगन थापाको अवधारणापत्र: समुन्नत नेपाल: सम्मानित नेपाली बनाउने प्रण

महामन्त्रीमा विजयी भएमा रुख चिन्हमा मत हालौं हालौं लाग्ने कांग्रेस बनाउने
काठमाडौ २०७८ मङ्सिर २३ गते बिहिवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आफ्नो अवधारणा पत्र सार्वजनिक गरेका छन् ।बिहीबार प्रज्ञा प्रतिष्ठान भवनमा पार्टी पुनर्जागरण र रुपान्तरणका लागि अवधारणा पत्र सार्वजनिक गर्दै थापाले कांग्रेसले अब ‘म होइन हामी’ भनेर काम गर्ने बताए ।

१४औं महाधिवेशनपछि पार्टीको लक्ष्य ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ हुने बताउँदै आफ्नो अवधारणा बोक्न सक्नेलाई सभापतिमा साथ दिने प्रतिवद्धता जनाए ।

आफू महामन्त्रीमा विजयी भएमा रुख चिन्हमा मत हालौं हालौं लाग्ने कांग्रेस बनाउने र २०७८ सालपछि कांग्रेसले समुन्नत नेपालः सम्मानित नेपाली गराउने गरी कार्यक्रम बनाउनुपर्ने धारणा राखे । १५ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै थापाले शुक्रबारदेखि शुरु हुने महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने बताए ।

कांग्रेस महामन्त्री पद केवल कुर्सीमा मात्रै बस्ने नभई पार्टीको कार्यदिशाको प्रस्तावकसमेत रहेको उनको भनाइ थियो । आफ्नो जीवनकाल भर कांग्रेसको क्रियाशील सदस्य भएर बाँच्न चाहेको बताउँदै थापाले पार्टीमा क्रियाशील भएर जनताको जीवनमा बदलाव ल्याउने कुरा आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस