• एउटै दृष्टि, भिन्न कोण
  • Search

बैशाख १४ मा स्थानीय तहको निर्वाचन गर्न आयोगको प्रस्ताव

काठमाडौ २०७८ पुष ९ गते शुक्रवार

स्थानीय तहको निर्वाचन वैशाख १४ गते गर्न निर्वाचन आयोगले प्रस्ताव गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया लगायत पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरूसंगको छलफलमा शुक्रबार त्यस्तो प्रस्ताव गरेका हुन ।

पहिलो चरणको वैशाख १४ र दोस्रो चरण वैशाख २२ गते निर्वाचन गर्न सकिने प्रस्ताव गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि माघ १२ गते हुने निर्वाचनमा स्थानीय तहमा १४९३ जना र प्रदेश सभामा ५३२ जना गरी जम्मा २०२५ मतदाता रहेको जानकारी पनि दिएको छ ।

आयोगले निर्वाचनको लागि पुस १० गतेसम्ममा राजनीतिक दल दर्ता निवेदन दर्ता गर्न आह्वान गरेको छ ।

पुस २० गतेदेखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशसन र निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस