• एउटै दृष्टि, भिन्न कोण
  • Search

गंगादेव गाउपालिकाले सरकारको निर्देशन नमान्दा कोरोना भयावह हुने संकेत, ३ शिक्षक संक्रमित

रोल्पा २०७८ माघ ८ गते शनिवार

रोल्पामा गंगादेव गाउपालिका अध्यक्षको सन्काह प्रस्ताव र वडा अध्यक्षहरुको समर्थनले पुन: कोरोना संक्रमण भयावह हुने संकेत देखिएको छ ।

संघिय सरकार शिक्षा मन्त्रालयको निर्णय कार्यान्वयनमा विवेकि निर्णय गर्न नसक्दा बिद्यालयमा अध्ययनरत बालवालिकामा कोरोना संक्रमण भयावह हुने संकेत देखिएको हो । बिद्यालयमा शिक्षक र बिद्यार्थीमा कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएपछि गंगादेव गाउपालिका स्वास्थ्य शाखाले नमुना परिक्षण गर्दा शिक्षकहरुमा कोभिड पोजेटिभ देखिएको छ ।

माघ ७ गते गंगादेव-३ मा रहेको भगवती आधारभूत बिद्यालय कुकुरगारेका शिक्षकमा नमुनामा एन्टिजिन परिक्षणमा ४ वटा नमुनामा ३ जनामा पोजेटिभ देखिएको स्वास्थ्य संयोजक त्रिभुवन घर्तिले नेपाल फ्यूजनलाई जानकारी दिए ।

विद्यालयमा बिद्यार्थीहरु ज्वरो, रुघाखोकीको लक्षण धेरैमा देखिएको शिक्षकहरु बताउछन। यस्तो अवस्थामापनि शिक्षक तथा बिध्यार्थिहरुमा कोभिड परिक्षण हुन नसक्नु दुखद रहेको बिद्यालयमा अध्यापनरत शिक्षकको गुनासो छ। सोही वडामा थप १ जना स्थानियमा कोभिड पोजेटिभ देखिएको छ ।

संघीय सरकारको शिक्षा मन्त्रालयको निर्णय विपरित रोल्पाको गंगादेव गाउँपालिकाले विद्यालय सञ्चालन गर्दै आएको छ।

गत पुस २६ गते नै शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्देशन दिएको भएपनि गाउँपालिकाभित्र विद्यालय सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस