• एउटै दृष्टि, भिन्न कोण
  • Search

गंगादेवका निर्वाचित जनप्रतिनिधिको झुट: ५ बर्षमा पनि पूरा भएन उधारो तमासुक

रोल्पा २०७८ चैत्र ६ गते आइतवार

गंगादेव गाउपालीका रोल्पामा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले भोटकै लागि ५ बर्ष अगाडि गरेको उधारो संझौता कागज बाहिरिएको छ । गाउपालिका अध्यक्ष बिरबहादुर खत्रीको निर्देशनमा वडा नं २ का अध्यक्ष भुपाल दमाईले जनता सामु गरेको कागज सामाजिक संजाल मार्फत बाहीरीयको हो ।

निर्वाचित भएको ५ बर्ष बित्दा सम्म पनि निर्वाचन हुनु अघि गरेको ३ बुदे सम्झौताको मर्म अनुरुप कुनैपनि काम नगरेको स्थानियले आरोप लगाएका छन। उनिहरु भन्छन “सम्झौतामा उल्लेख गरिए जस्तै हाम्रो भोटको अवमूल्यन गरियो, अब पहिले जस्तै माओवादीलाई मतदान गर्दैनौ।”

उता वडा अध्यक्ष भूपाल दमाईले भने सकेजति जनताको हितमा काम गरेको बताउदै आएका छन। बरु आफुले अघि सारेका योजनाहरुमा गाउपालिका अध्यक्षले बेवास्ता गरेको स्विकार्दै आएका छन । विकास निर्माणकै बिषयमा २ बर्ष पहिले गाउपालिका अध्यक्ष बिरबहादुर खत्रीले वडा नं २ का अध्यक्ष भुपाल दमाईलाई  कार्यकक्षमा नै हातपात गरेका थिए ।

निर्वाचन अगाडि वडा अध्यक्ष भुपाल दमाइले मोटरबाटो खन्न बजेट ब्यवस्थापन गर्ने, बिद्यालयको भौतिक तथा शैक्षिक ब्यवस्थापनकोलागि बजेट बिनियोजन गर्ने, एक घर एक धारा को योजना र गाउमा सिचाइ योजना सम्पन्न गर्ने कागजमा हस्ताक्षर गरेका छन । यदि यी सबै काम गर्न नसके जनताको भोटको अवमूल्यन हुने हुदा नैतिकरुपमा पतन हुने स्विकारेका छन ।

वडा अध्यक्ष भुपाल दमाईले हस्ताक्षर गरेको उधारो तमासुक कागज

प्रतिक्रिया दिनुहोस