• एउटै दृष्टि, भिन्न कोण
  • Search

कांग्रेसबाट निर्वाचित बझाङका मनकारी वडाध्यक्ष जसले पाँच वर्षको पारिश्रमिक विद्यालयलाई दिए

बझाङ २०७८ चैत्र १२ गते शनिवार

बझाङको जय पृथ्वी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष दलबहादुर विष्ट ‘कृष्ण’ले आफ्नो पाँच वर्षे कार्यकालको तलव भत्ता बापतको रकम स्थानीय विद्यालयलाई दिएका छन् ।

उनले पाँच वर्षमा पाएको तलव भत्ता बापतको १५ लाख रुपैयाँले सत्यवादी माध्यमिक विद्यालयमा ‘कृष्ण पुष्पा फाउन्डेसन’ को नाममा छात्रवृत्ति अक्षयकोष स्थापना गरेका हुन् ।

कांग्रेसबाट निर्वाचित विष्टले आज १५ लाख रुपैयाँ बराबरको चेक विद्यालयलाई हस्तान्तरण गरे । उनी निर्माण व्यवसायी समेत हुन् । राज्यले दिएको सेवा सुविधा जति सबै आफूले अध्ययन गरेको विद्यालयको कोषमा जम्मा गर्न पाउँदा गौरवको अनुभूति भइरहेको उनले बताए ।

उनले भने, मैले यो पाँच वर्षमा राजनीतिलाई सेवाको रूपमा लिएको थिएँ । पैसा कमाउने भन्दा पनि जनताको सेवा गर्ने अवसर पाएँ यो मेरा लागि सन्तुष्टिको विषय हो । पैसा कमाउन त व्यवसाय गर्दै आएको पनि छु नि त ।’

प्रतिक्रिया दिनुहोस