• एउटै दृष्टि, भिन्न कोण
  • Search

२१ हजार भूक्तानी चौथो पटकमा पनि भएन: कर्मचारीले दु:ख दिने गरेको सेवाग्राहीको गुनासो!

रोल्पा २०७९ जेष्ठ १६ गते सोमवार

घटना १- जनजागरण कृषक समूह गंगादेब ३ रातामाटा टोलमा गंगादेब गाउपालिकाबाट बजेट रु ३ लाख बिनियोजन भयो ।  यसै आवमा सम्पन्न पोखरी निर्माण सम्पन्न पश्चात् गाउपालिकामा भूक्तानी लिदा विभिन्न बहानामा धेरै पटक गाउपालीकामा भूक्तानी लिन धाउनु पर्यो । गाउपालिका फरक फरक कर्मचारीलाइ नगत रु ४७ हजार बुझाएको जनजागरण कृषक समूह सँग हिसाब छ ।

घटना – २ गंगादेब गाउपालीका वडा नं ३ गमथले निवासी रेशम डागीले फागुन महिनामा पानी जम्मा गर्ने ट्याङ्की निमाण गर्ने प्रस्ताव वडा अध्यक्ष समक्ष राखे, सोही  प्रस्तावलाइ वडा अध्यक्षले समर्थन गर्दै बजेट उपलब्ध गराउने सहमति जनाए । वडा अध्यक्षको सहयोगमा निबेदन लेखी प्रमुख प्रशासकीय अधिकृतको तोक आदेशमा निबेदन दर्ता भयो । निबेदनमा उल्लेख भए अनुसार २५ हजार भन्दा कमको योजना भएकाले सम्झौता नगरि काम गर्न निर्देशन गरि ब्यक्तिगत नाममा खाता खोल्न पठाए,  निर्देशन बमोजिम २१ हजार अनुदान पाउने आशामा चैत्र महिनामा पानी टंकी निर्माण भयो ।

रु २१ हजारमा बनेको ट्याङ्की तस्बिर १
रु २१ हजारमा बनेको ट्याङ्की तस्बिर २

३ महिना अघिनै सम्पन्न पानी ट्याङ्की प्राविधिक बाट नाप जाँच पास भएपनि चार पटक सम्म गाउपालिका धाउदा पनि रु २१ हजार रेशम डाँगीले भुक्तानी पाएका छैनन् । उपभोक्ता समितिका अध्यक्ष रेशम डाँगी का अनुसार फरक-फरक भेटमा फरक-फरक प्रकृयाका कागज अपुग भएको भन्दै फर्काएको बताउछन। उनी भन्छन “म अनपढ मान्छे, अब भूक्तानी माग्न पनि आउदिन, बरु घरबाटै पैसा तर्छु ।´´ उनले कार्यालय परिसरमै फाइल च्यात्न समेत थाले, उनि सगै उनका साथी नारायण खत्री पनि थिए । उनले भने यस पटक त फोन गरेर बोलाएपछि मात्र आएका हौ ।

यहि घटनाको बिवाद नजिकै बाट नियालेका नेपाल फ्यूजनमा सम्पादकले योजना शाखाका कर्मचारी रणमाया कुमारी चौधरीलाई अपुग कागतजातको लिस्ट बनाइदिन अनुरोध गरे, चौधरीले सेवाग्राहीलाई सहयोग गर्नुको साटो उल्टो ठूलो स्वरमा पावर लगाएर भूक्तानी हुन्छ भन्ने नसोच्नुस, पावर नलगाउनुस भन्दै चर्किन।  अनपढ रेशम नारायण खत्रीलाइ सहयोगी बनाएर ल्याएका रहेछन । नारायण खत्री को साथी नेपाल फ्यूजनका सम्पादक भएकाले सहयोगी भावनाले सोधपुछकालागि  गएका थिए, योजना शाखा प्रमुखले थुप्रै तर्क गर्दै अब पुनः योजना सम्झौता प्रकृयाबाट नै कागतजात बनाउनु पर्ने भन्दै थिइन । तर पहिले दर्ता भएको फाइल भने देखाउन मानेकी थिइनन् ।

यहि घटनालाइ नियालीरहेका निबर्तमान वडा अध्यक्ष जलेश कुमार केसीले “अहिले अर्कै वडा अध्यक्ष भएपनि असार मसान्तसम्म म भूक्तानी ल्याउन सहयोग गर्छु, चिन्ता नगर्नुस, हालका वडा अध्यक्ष सँग समन्वय गरि पुराना मितिका कागतजातमा म हस्ताक्षर गरि सहयोग गर्छु´´ भनी सम्झाउदै थिए ।

निमित्त प्रमुख प्रशासकिय अधिकृत शालिकराम बस्नेतका अनुसार प्रकृयामा प्राविधिक त्रुटीहरु भएकाले यसलाई सिकाइकारुपमा लिदै काम गर्ने बताए, उनले थपे प्रकृयाका कागतजात तयार गरि भुक्तानी दिन्छौ ।

माथि प्रस्तुत घटना एउटा उदाहरण मात्र हुन, पालिकामा सेवा लिन आउने कोही पनि सन्तुष्ट भएको पाइदैन । गंगादेब ३ कै थानेश्वर डागी काम नै नबनेर फर्के, वडा नं ६ र ७ का उपभोक्ताहरु काम नबनेर निराश थिए ।

नव निर्वाचित उपाध्यक्ष अमृता कुमारी वली भने कार्यालय आएको दोस्रो दिनमा नै यस्ता समस्या देखेर दु:खी छन । सेवा ग्राहीले दु:ख नपाउने गरि काम गर्नकोलागि आवश्यक सुझावको अपेक्षा राखेकी छन । उनी भन्छिन्  “सेवा  ग्राहीले दुःख नपाउने गरि सेवा दिने वातावरण तयार गर्छौ ।´´

प्रतिक्रिया दिनुहोस