जिल्लाको परिवर्तन गाउँपालिका ५ राङ्कोटको दाउन्नेभिरमा माटोको ढिस्कोले पुरिएर दुई बालकको घटना स्थलमै मृत्यु भएको छ । सोही गाँउमा बस्ने प्रकाश खड्काका ७ बर्षीय छोरा डेबिट खड्का र २ बर्षीय इसान खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय ओबाङका प्रहरी बरिष्ठ इन्चार्ज धन बहादुर केसीले जानकारी दिएका छन् ।
केसीका अनुसार बच्चाहरु घर देखि करिब १ किलोमिटर तल दाउन्नेभिरबाट गरामझिम हुदै खरिबोट लग्ने बाटो खनिरहेको ठाँउमा खेल्दै गर्दा माथिबाट आएको माटोको ढिस्कोले पुरेको थियो ।
डोजर चालक बिहानको काम सकाएर खाना गएको बेला माटोको ढिस्को झरेको केसीले बताएका छन् ।