रोल्पाको गंगादेब गाउपालिकामा स्थानिय निर्वाचन पराजय ब्यहोरेका नि-वर्तमान गाउपालिका अध्यक्ष बिरबहादुर खत्रीले सरकारी निवास छोडेका छैनन। हालै बसेको कार्यपालिकाको बैठकमा नि-वर्तमान अध्यक्षले सरकारी निवास नछोडेको बिषयमा चर्चा भएको एक कार्यपालिका सदस्यले बताए ।
राजिनामा दिए सगै सरकारी सेवा फिर्तासगै सरकारी निवास फिर्ता गर्नुपर्नेमा उनले त्यसो नगरेको पाइएको छ । स्रोतका अनुसार उनले त्यो निवास कुनैपनि हालतमा नछोड्ने बताउदै आएका छन ।
गाउपालिकाले भाडामा लिएको उक्त भवन असार मसान्तसम्म करार सम्झौता बमोजिम भाडा तिरेर सम्झौता रद्द गर्ने तयारीमा गाउपालिका रहेको ती सदस्यले बताए । राजिनामा दिएका अध्यक्ष बाट प्रयोग गरिरहेका सुबिधा फिर्ता लिने र सरकारी सम्पतिको संरक्षण गर्ने दायित्व प्रमुख प्रशासकीय अधिकृतमा रहेपनि यहाँ त्यस्तो नभएको पाइएको छ।
गाउपालिकाले उक्त भवन मासिक २५ हजार तिर्दै आएको स्रोतले बताउछ । गाउपालिकाले उपलब्ध गराएजति भाडा बिरबहादुर खत्रीले दिन नसक्ने आकलन गर्दै उनलाइ भवन भाडामा नदिने घरधनीले बताउदै आएका छन ।
बारम्बार चर्चामा आइरहने गंगादेब गाउपालिका नि-वर्तमान अध्यक्ष बिरबहादुर खत्री यस बिषयले पुनः चर्चामा आएका छन । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश उपाध्यक्ष समेत रहेका खत्री यतिबेला स्थानिय वासी र उनकै पार्टी कार्यक्रताले समेत नैतिकतामा कम्जोर देखिएको भन्दै चर्चा गर्न थालेका छन ।
यस गाउपालिकामा नव निर्वाचित अध्यक्ष हरी बहादुर पुन ले सरकारी निवासको सेवा नलिने स्व घोषणा गरिसकेका छन ।