• एउटै दृष्टि, भिन्न कोण
  • Search

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियु सानोठिमी क्याम्पस कमिटिको बिरोध प्रदर्शन

भक्तपुर २०७९ असार ८ गते बुधवार

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सानोठिमी कमिटिले केन्द्रको निर्देशन बमोजिम पेट्रोलियम पदार्थ लागएत अन्य दैनिक उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि विरुद्ध आन्दोलन गरेको छ।

बुधबार बिहान सानोठिमी क्याम्पस सानोठिमी भक्तपुरको क्याम्पस गेट अगाडि अनेरास्ववियुका कार्यकर्ताले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा एक्कासी वृद्धि गरेर जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको भन्दै अनेरास्ववियुले मुखमा पट्टि बढेर सांकेतिक बिरोध गरेका हुन् ।

सरकारले जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको भन्दै अनेरास्ववियु सानोठिमी क्याम्पसका अध्यक्ष सरोज बोहरा ले निर्णय नसच्याएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।

आयल निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरेको छ । पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय ९९ पुगेको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ थियो । डिजेलमा पनि एकैपटक २७ रुपैया वृद्धि भएको छ । डिजेलको मूल्य अब प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस