• एउटै दृष्टि, भिन्न कोण
  • Search

खुला विज्ञापनबाट पदपूर्ति गर्ने पालिकाको निर्णय विरुद्ध करार स्वास्थ्य कर्मचारी आन्दोलित

रोल्पा २०७९ असार ८ गते बुधवार

गंगादेब गाउँपालिका कार्यपालिकाको निर्णय विरुद्ध स्वास्थ्यकर्मीले असन्तुष्ट जनाउँदै विरोध गरेका छन। मंगलबार बसेकाे कार्यपालिकाकाे बैठकबाट पालिका भित्र रहेका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र र स्वास्थ्य इकाईमा कार्यरत करार सेवाका कर्मचारीहरुको सम्झौता अवधि असार मसान्तसम्म रहेकाले नवीकरण नगरी खुल्ला विज्ञापन मार्फत पदपूर्ति गर्ने निर्णय गरेपछि स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन।

गाउपालिकाबाट नियूक्त करार कर्मचारीहरुले उक्त निर्णय नियम संगत नभएको र कार्यसम्पादन मूल्यांकनको आधारमा करार म्याद थप हुने गरी निर्णय सच्याउन माग गरेका छन । करार कर्मचारी कार्यतर आधारभूत स्वास्थ्य केन्द्र वडा नं ३ का इन्चार्ज राजन डिसीकाे संयाेजकत्वमा संघर्ष समिति समेत गठन गरेर निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतलाई कार्यसम्पादन र मूल्यांकनको आधारमा करार म्याद थप गर्न ज्ञापनपत्र समेत बुझाएको छन।

स्वास्थ्यकर्मीहरुले पालिका भित्रका स्वास्थ्य संस्थाहरु बन्द गरेरै विराेध जनाएका छन। निर्णय नसच्याएसम्म स्वास्थ्य संस्थाहरु बन्द गर्ने समेत चेतावनी दिएका छन। केही स्वास्थ्य संस्थामा आन्दोलनरत स्वास्थ्यकर्मीहरुले मानवीय गुण समेत ध्यानमा नराखी सुत्केरी भएको कोठामा ताला लगाउन खोजेको तर स्वास्थ्य चौकी प्रमुखले ताला लगाउन नदिएको स्रोतले जानकारी दियो ।

स्थानीय तहका विभिन्न निकायमा आवश्यकता भन्दा धेरै कर्मचारी भएकोले आबस्यक पर्ने कर्मचारीको मात्रै ब्यबस्थापन गर्न लागेको गंगादेव गाउँपालिकाका अध्यक्ष हरि पुनले बताए । खुल्ला बिज्ञापन मार्फत स्वच्छ प्रतिस्प्रधा गराई आवस्यक कर्मचारीको ब्यबस्थापन हुन्छ, क्षमता र दक्षता हुनेहरु आउछन, यसमा चिन्ता किन लिने ? उनले भने’ अध्यक्षले उक्त निर्णय सुजबुजका साथ लिएको पनि बताए । पुन: परीक्षा लिएर पद पूर्ति गर्छौ भन्दा आन्दोलनमा उत्रिनुको औचित्य नभएको समेत उनले बताए ।

यद्यपि स्थानीय सरकारले कार्य सम्पादन मूल्यांकनको आधारमा करार कर्मचारीलाई सेवाबाट हटाउन सक्ने र करार सेवा नवीकरण गर्न पाउने व्यवस्था छ।

गंगादेब गाउपालिका भित्र तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालयबाट नियुक्ति लिइ २०६८ साल देखि स्वास्थ्य सेवा करारमा अनमी, अहेव, हेअ र कार्यालय सहयोगी समेत गरि ३८ जना कर्मचारीहरु कार्यरत छन।

प्रतिक्रिया दिनुहोस