गंगादेव गाउँपालिकाको १२औं गाउँसभा सम्पन्न भएको छ। दोस्रो स्थानीयतह निर्बाचन पश्चात गठिन गाउँसभाले २०७९/०८० को नीति तथा कार्यक्रम “निमुखालाई न्याय बिपन्नलाई आय”भन्ने मुल नारा सहित सर्वसहमतिले पारित गरेको हो ।
आर्थिक बर्ष ०७९/०८० को लागि गाउँपालिकाले अनुमानित कुल आय ४४ करोड ४८ लाख ९ हजार रुपैयाँ अनुमान गरिएको छ ।
गाउँपालिका अनुदान सामुदायिक बिद्यालयहरुलाई आबस्यकताको आधारमा नजिकको बिद्यालयमा गाभ्ने र दरबन्दी मिलान गर्ने नीति तथा कार्यक्रम गाउँसभाले सावर्जनिक गरेको छ । शिक्षा तर्फ अबिभाबक बिहिन बिद्यार्थीहरुकालागि आवासीय बिद्यालय र माध्यमिक तहसम्मको सम्पूर्ण जिम्मेवारी गाउँपालिकाले लिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
गंगादेव गाउँपालिका भित्र स्थायी बसोबास गर्ने अभिभाबकका छोरा-छोरीलाई एम वि.वि.एस, एम.फिल, पीएचडी, वि.इन्जिनेरिङ, कृषि बिज्ञान अध्ययन गर्ने बिद्यार्थीलाई बिशेष छात्रवृत्ति ब्यबस्थापन गर्ने नीति कार्यक्रममा उल्लेख छ ।
पर्यटन क्षेत्र प्रबर्द्धनका लागि सुकिदह पर्यटन बिस्तार गर्ने र एक वडा एक पर्यटन गन्तब्य छनौट गरि पर्यटन पूर्वाधार निर्माण योजना ल्याएको छ । स्वास्थ्य क्षेत्रमा १५ शैयाको पालिका अस्पताल निर्माण गर्ने र खानेपानीकालागि एक घर एक धारा कार्यक्रम लागु हुने छ ।
गंगादेव गाउँपालिकाको समग्र बिकाशका लागि आर्थिक बिकाश, सामाजिक बिकाश, पूर्वाधार बिकाश, बन बातावरण तथा विपद ब्यबस्थापन र सुशासन तथा संस्थागत बिकासलाई मध्यनजर गरेर नीति तथा कार्यक्रमहरु ल्याएको हो ।
गाउँसभामा प्रस्तुत गरिएको बजेट कार्यक्रम भने पारित हुन बाँकी रहेको छ। उक्त बजेट कार्यक्रम छलफलकै क्रममा रहेकोले असार मसान्त भित्रै पारित हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेत ले बताए ।
सभामा नीति तथा कार्यक्रम सभाध्यक्ष तथा गंगादेव गाउँपालिका अध्यक्ष हरि बहादुर पुनले प्रस्तुत गरेका थिए भने बजेट बक्तब्य उपाध्यक्ष अमृता केसी-वली बाट प्रस्तुत गरेएको थियो