• एउटै दृष्टि, भिन्न कोण
  • Search

गंगादेब गाउँपालिकाको नाम ‘सुकिदह’ राख्ने प्रस्ताब कार्यपालिकाको बहुमतले पारित

रोल्पा २०७९ असार २४ गते शुक्रवार

गादेव गाउँपालिकाको नाम ‘सुकिदह’ गाउँपालिका राख्ने निर्णय भएको छ । गत १७ गते सुक्रबार बसेको कार्यपालिकाको बैठकद्वारा पालिकाको नाम सुकिदह नै कायम गर्ने निर्णय बहुमतले पारित गरेको हो ।

गंगादेव गाउँपालिकाको नाम परिवर्तन गरि सुकिदह गाउँपालिका बनाउन आगामी गाउँसभामा पेश गर्ने निर्णय भएको छ । गंगादेव गाउँपालिकाको गाउँसभा आगामी ३१ गते हुने भएको छ ।

१७ गते सुक्रबार बसेको कार्यपालिकाको बैठकमा प्रस्ताब नम्बर ५ मा भएको छलफलद्वारा गंगादेव गाउँपालिकाको नाम फेरी ‘सुकिदह’ गाउँपालिका बनाउन गाउँसभामा पेश गर्ने निर्णय पारित भएको थियो । उक्त निर्णयमा दुईजना वडाध्यक्ष बाहेक सबै कार्यपालिका सदस्यहरुले निर्णयलाई समर्थन गरेका थिए । नाम फेर्ने निर्णयमा असहमति जनाउदै गंगादेव ३ का वडाध्यक्ष लोकमान वली र ६ नम्बरका वडाध्यक्ष बिर बहादुर वलीले नोट अफ डिसेन्ट लेखेका छन् ।

सुकिदह गाउँपालिकाको नाम गाउँसभामा पेश भएपनि स्थानीयतहको उक्त निर्णय मन्त्रिपरिषदद्वारा अनुमोदन हुनुपर्छ । गंगादेव गाउँपालिकाले सुकिदहको नाममा मुर्तरुप पाउन कानुनि व्यवधानहरुलाई पन्छाउन सक्छ वा सक्दैन ? त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस