• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पामा गाउपालिका अध्यक्ष र वडा अध्यक्षमा हार बेहोरेकाहरु प्रदेश सभा सदस्यमा सिफारिस

रोल्पा २०७९ भाद्र २१ गते मङ्गलवार

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रोल्पा प्रदेश सभा ख को प्रथम बैठक तथा प्रशिक्षण कार्यक्रम माडी २ घर्तिगाउँमा सम्पन्न भएको छ । प्रदेश निवार्चन क्षेत्र ख का संयोजक निमकान्त डाँगीको अध्यक्षता एवम् नेकपा माओबादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराको प्रमुख आतिथ्यतामा प्रशिक्षण तथा उमेदवार सिफारिस गरिएको हो ।

बैठकले गंगादेव गाउपालिका अध्यक्षमा पराजित बिरबहादुर खत्रीलाई प्रत्यक्ष तर्फ र गंगादेव गाउपालिकामा वडा अध्यक्ष हारेका रामबहादुर वली र वडा सदस्य हारेका भक्तबहादुर वलीलाई समानुपातिकमा प्रदेश निर्वाचनकोलागि सिफारिस गरेको छ ।

गाउपालिका अध्यक्ष वडा अध्यक्ष र सदस्य हारेका क्रमस बिरबहादुर खत्री,रामबहादुर वली र भक्त बहादुुर वली

कार्यक्रममा स्थायी कमिटि सदस्य कुल प्रसाद केसी, स्थायी कमिटि सदस्य जयपुरी घर्ति,स्थायी कमिटि सदस्य जोख बहादुर महरा,पोलिटव्युरो सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज दिपेन्द्र कुमार पुन,केन्द्रिय सदस्य सिता आचार्य,बैकल्पिक केन्द्रिय सदस्य सुरेन्द्र थापा,लुम्बिनी प्रदेश उपाध्यक्ष बिर बहादुर खत्री,रोल्पा जिल्ला संयोजक गुणेन्द्र घर्तिलगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रोल्पाबाट आगामी मंसिर ४ को चुनावमा प्रदेश सभाको सदस्यको लागि नाम सिफारिस गरेको छ । प्रत्यक्ष तर्फ हालका मुख्यमन्त्री कुल प्रसाद केसी,हालका प्रदेश सांसद दिपेन्द्र कुमार पुन,समन्वय समितिका निबर्तमान संयोजक राज बहादुर बुढा, निबर्तमान परिबर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगी र निबर्तमान गंगादेव गाउँपालिका अध्यक्ष बिर बहादुर खत्री गरी ४ जनाको नाम सिफारिस गरेको छ ।

त्यस्तै समानुपातिक तर्फ त्रिपनी बैजाली,धनिकला बुढा,मानसिंह बिक,हित कुमारी बुढा,लालसरी घर्ति,शेरसिं बन्दिपुरे,शान्तराज बोहरा,गोबिन्द पुन,राम बहादुर वली,भक्त बहादुर वली र पुर्ण बहादुर दमाइको नाम सिफरिस गरेको छ ।

बैठकले प्रदेशसभा निर्बाचन `ख´ को सचिवमा नन्द बहादुर पुनलाइ चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस