नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रोल्पाबाट उम्मेदवारको सिफारिस गरिएको छ । आज बसेको जिल्ला समन्वय समितिको बैठकले जिल्लाबाट अन्तिम नाम सिफारिस गरेको हो ।
प्रतिनिधि सभामा प्रत्यक्षतर्फ कृष्ण बहादुर महरा, वर्षमान पुन, जयपुरी घर्ती, ओनसरी घर्ती, कुलप्रसाद केसी र झक्कु सुवेदीको नाम सिफारिस गरिएको छ भने समानुपातिकमा तारा घर्तीको एकल नाम सिफारिस गरिएको छ । राेल्पामा प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र मात्रै छ ।
प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्रमा प्रदेश सभा (क) प्रत्यक्ष तर्फ ४ जनाको नाम सिफारिस गरेको हो । नाम सिफारिस हुनेमा जोखबहादुर महरा, सुकबहादुर रोका‘शरद’, गुणेन्द्र घर्ती र पूर्ण के.सी. रहेका छन् ।
प्रदेश सभा (ख) प्रत्यक्ष तर्फ कुल प्रसाद केसी, दिपेन्द्र कुमार पुन, निमाकान्त डाँगी र राजबहादुर बुढा गरी चार जनाको नाम सिफारिस गरिएको छ । लुम्बिनी प्रदेशका मुख्य मन्त्री केसीकाे नाम संघ र प्रदेशमा सिफारिस भएकाे हाे ।