• एउटै दृष्टि, भिन्न कोण
  • Search

गंगादेव गाउपालिका अध्यक्ष द्वारा महेश स्मारक कोषमा ५० हजार सहयोगको घोषणा

रोल्पा २०७९ कार्तिक १६ गते बुधवार

रोल्पाको गंगादेव गाउपालिका अध्यक्ष हरि बहादुर पुनले महेश शिक्षक स्मारक कोषमा ५० हजार सहयोग घोषणा गर्नु भएको छ ।

गाउपालिकाको वडा न. ३ को गणेश आधारभूत विद्यालयमा स्थापना गरिएको स्मारक कोषमा विद्यालयको ५९ औ वार्षिक उत्सवको अवसरमा प्रमुख अतिथि समेत रहेका अध्यक्ष पुनले सहयोग रकम घोषणा गर्नु भएको हो । उहाले विद्यालयको प्रअ लाई उक्त रकम केही दिनमा हस्तान्तरण गर्ने बताउनुभयो ।

गणेश आधारभूत विद्यालयका शिक्षक महेश कुमार केसीको निधन पछि उहाकी पत्नी गंगादेवी केसीको चाहनामा छोरा निर्मल कुमार केसीले उक्त स्मारक कोषको स्थापना गरिएको थियो ।

शिक्षक केसि स्कुलबाट घर गएर दाउरा लिन जादा माथिबाट खसेको मुढाले लागेर २०७७ माघ ८ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस