• एउटै दृष्टि, भिन्न कोण
  • Search

स्वतन्त्र उमेद्वार माथी भ्रम फैलाइयो :सिजल

रोल्पा २०७९ कार्तिक १७ गते बिहिवार

माओवादीको प्रभाव क्षेत्र रोल्पामा स्वतन्त्र उमेद्वारीमा भ्रम फैलाएको भन्दै आफ्नो धारना सार्वजनिक गरेकाछन । स्वतन्त्र उमेदवार दिपेन्द्रकुमार पुन `सिजल´ले आज प्रेस बिज्ञप्ति जारि गर्दै विभिन्न आरोपको खण्डण गरेका हुन ।

प्रदेशसभा ‘ख’बाट स्वतन्त्र उम्मेदवारी दिएका दिपेन्द्र बहादुर पुन ‘सिजल’ले आफु एमालेमा प्रवेश गर्न लागेको भन्ने खबर भ्रम भएको बताएका छन। आफ्नो जित सुनिश्चित भएपछी विरोधीहरु भ्रम फैलाउन लागिपरेको सिजलले दावी गरेका छन् । उनले बिज्ञप्तिमा भनेका छन, मेरो फोन ट्र्याक गर्ने, व्यक्तिगत फेसबुक आइडी ह्याक गर्ने र अन्य छदम नामबाट फेसबुक आइडी खोलेर मेरो व्यक्तिगत चरित्र हत्या गर्ने जस्ता कामहरु भैरहेका छन् ।आफुलाई कृतिम दुर्घटनामा पार्ने योजना भएको समेत सुनेको बताए ।

मंसिर ४ को चुनावपछी विजय भएपनि वा नभएपनि उम्मेदवार सिजल एमालेमा प्रवेश हुने र त्यसकोलागी शंकर पोखरेल भेटबार्ता गरि सहमति भैसकेको र केपी वली समेतले सिजललाई फोन गरेर आसवस्त बनाई सकेको जस्ता कपोलकल्पित भ्रम फैलाएको उनले बताएका छन ।
वाम–गठबन्धनको निणर्यविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका पुनले माओवादी केन्द्रले पार्टीबाट राजिनामा दिएका छन । उम्मेदवार पुन ‘धारो’ मा भोट माग्दै मतदातासामु पुगिरहेका छन्। सत्ता गठबन्धनका बागी उम्मेदवार उनले पार्टीबाट दबाब आउँदा पनि उम्मेदवारी निष्क्रिय बनाएनन्। आफ्नो अडान कायमै राखेका छन।

प्रतिक्रिया दिनुहोस