लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट रोल्पा प्रदेशसभा २ का संयुक्त गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन मगरले रोल्पाको समृद्धि र विकासको लागि गठबन्धनले जित्नु पर्ने बताउनु भएको छ ।
आइतबार गंगादेव गाउँपालिका–२ को सुखाओडारमा लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समिति रोल्पाले आयोजना गरेको संयुक्त चुनावी सभा लाई सम्बोधन गर्दै संयुक्त चुनावी सभाको विशिष्ट अतिथिको रूपमा पुग्नु भएका नेता पुनले यस्तो बताउनु भएको हो ।
संविधानको रक्षा, स्थायीत्व, देशको समुन्नतिको लागि विचार मिल्ने लोकतान्त्रिक बाम गठबन्धन भएको समेत बताउनु भयो । रोल्पाको विकास र समृद्धिको लागि सबैले प्रतिनिधि सभामा बर्षमान पुन (अन्नत) र प्रदेश सभा सदस्यका लागि अम्मरसिंह पुनमगर र जोख बहादुर महरालाई विजय गराउनु अहिलेको आवश्यकता भएको बताउदै अन्य जिल्लामा पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायतका उम्मेदवारलाई एक अर्काले सहयोग गरेको बताउनु भयो ।
हिजो केही कुरा मिलेन होला तर आज आएर भाषा, शैली सबै कुरा मिल्दै गएको छ । हिजो रुखमा भोट हालेकाले आज हँसियाहथौडामा किन भोट नहाल्ने, हिजो हँसिया हथौडामा भोट हालेकाले आज किन रुखमा भोट नहाल्ने उँहाले थप्नु भयो ? संयुक्त गठबन्धनका उम्मेदवारहरुलाई एक अर्काले सहयोग गर्नु पर्ने समेत उँहाको सुझाब छ । साथै रोल्पामा लोकतान्त्रिक बाम गठबन्धन गरेर देशमा नँया खालको सन्देश रोल्पाबाट दिन चाहेको समेत उँहाले बताउनु भयो ।