• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पामा बिद्युत बिस्तार समस्या सुल्झाउन स्वतन्त्र सांसद कुलमान कहाँ पुगे

रोल्पा २०७९ मङ्सिर २६ गते सोमवार

रोल्पा प्रदेशसभा २ बाट निर्वाचित माननीय दिपेन्द्र कुमार पुन “सिजल” रोल्पाको बिद्युत समस्या समाधान गर्न नेपाल बिधुत प्राधिकरण कार्यकारी निर्देशक कहाँ पुगेका छन । प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि पहिलोपटक राजधानी काठमाडौ पुगेका उनले रोल्पामा बिधुत बिस्तारमा ढिलासुस्ती हुनुको कारण छलफल गर्न कार्यकारी निर्देशक कुलमान घिसिंङ समक्ष भेटघाट गर्न पुगेका हुन ।

भेटमा रोल्पाको बिधुत बिस्तारमा ठेकेदारबाट उत्पन्न समस्याले बिधुत बिस्तारमा ढिला भएको र उक्त ठेकेदारबाट  ठेका रद्द गरी अर्कों द्रुत गतिमा काम गर्नेलाई जिम्मा दिन कार्यकारी निर्देशक कुलमान घिसीङलाई माननीय दिपेन्द्रकुमार पुन ले अनुरोध गरेका थिए।

सोही बिषयमा रोल्पामा बिद्युत बिस्तार ठेक्का समस्या एक हप्ता भित्रमा पुरानो ठेक्का समझौता रद्द गर्ने र सो काम काम गर्ने कम्पनीलाई जिम्मा दिनु भनि कार्यकारी निर्देशक कुलमान घिसीङ द्वारा टेलिफोन गरि निर्देशन गरेको नेकपा माओवादी केन्द्र बिशेष जिल्ला अध्यक्ष नवीन खड्काले जानकारी दिए ।

केही दिन अघि रोल्पा गंगादेब गाउपालिकामा पुगेका स्वतन्त्र सांसदले रोल्पाको बिद्युत समस्या सुल्झाउन कुलमान घिसिङको कार्यालय घेर्न जाने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस