बिदेशमा रहने सचेत यूवाहरुको पहलमा मृगौला पिडित गणेश डाँगीलाई २ लाख ४४ हजार २ सय ३० रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ। गंगादेब गाउपालीका वडा नं ३ घर भएका हाल साउदी कर्मथलो बनाएका चुडामणी ओली ” चिन्तन”को संयोजकत्वमा रमेश डाँगी, टोपबहादुर ओली लगाएतको टीमले आर्थिक संकलन गरि पिडितलाइ हस्तान्तरण गरिएको हो ।
मृगौलारोग पिडित गणेश डाँगीलाइ उपचारगर्न आर्थिक अभाव भएपछि सहयोग संकलन अभियान संचालन गरिएको थियो। स्वदेश तथा बिदेशबाट संकलन भएको उक्त सहयोग रकम अभियान्ता टोपबहादुर ओलीले हस्तान्तरण गरेका हुन्।
चुडामणी ओली “चिन्तन” ले केही समय अगाडि बिदेशमा जेल जीवन बिताइरहेका यूवाहरुको उद्दारकोलागि सहयोग संकलन गरि हस्तान्तरण गरेका थिए । चिन्तन विभिन्न सामाजिक अभियानमा सक्रिय छन ।