• एउटै दृष्टि, भिन्न कोण
  • Search

स्ववियु चुनावका लागि घोषणा पत्र लेख्न जुट्यो नेविसंघ

काठमाडौ २०७९ माघ १५ गते आइतवार

त्रिभुवन विश्वविद्यालयले चैत ५ गतेका लागि स्ववियु निर्वाचन मिति तोकेपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले घोषणा पत्र तयार पार्ने काम अघि बढाएको छ।

नेविसंघले पुजन गन्धर्वको संयोजकत्वमा गठन गरेको ३४ सदस्यीय घोषणा पत्र तयार समितिले घोषणा पत्रमा समावेश गर्ने विषयबारे छलफल थालेको हो।

घोषणा पत्र लेखन समितिमा विभिन्न संकायमा पढ्ने उत्कृष्ट विद्यार्थीहरू र विभिन्न क्षेत्रका विज्ञहरूलाई पनि समावेश गरिएको दाबी नेविसंघको छ।

समितिले शनिबार पहिलो बैठक जनप्रशासन क्याम्पसमा गरेको थियो। उक्त बैठकले घोषणा पत्र तयार पार्न विभिन्न उपसमितिहरू पनि गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस