• एउटै दृष्टि, भिन्न कोण
  • Search

रुन्टिगढी गाउँपालिका,को चौथो राष्ट्रपति तथा रुन्टिगढी रनिङसिल सुर्यदय मा.वि मसिनामा सुरु ।

होलेरी रोल्पा २०७९ माघ २८ गते शनिवार

रुन्टिगढी गाउँपालिका ४ मसिनामा रुन्टिगढी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति तथा रुन्टिगढी रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । रुन्टिगढी गाउँपालिकाको आयोजनामा सुरु भएको पालिकास्तरीय चौथो माध्यमिक विद्यालय राष्ट्रपति तथा रुन्टिगढी रनिङ सिल्ड प्रतियोगिताको उदघाट्न शनिबार कार्यक्रमका प्रमुख अथिति तथा प्रदेशसभा सदस्य माननीय जोख बहादुर महराले गर्नुभएको हो ।

प्रतियोगितामा पालिकाका ९ वटा सामुदायिक विद्यालय सहभागी रहेको आयोजकले जानकारी दिएको छ । आयोजक,का अनुसार, रुन्टिगढी गाउँपालिका वडा नम्बर ४ मसिना स्थित श्री सुर्यदय माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुनेछन् । प्रतियोगितामा १०० मि दौड , २०० मि , ४०० मि , ८००मि , १५०० मिटर र ३००० हजार मिटर दौड हुनेछ त्यस्तै छात्रा भलिबल , छात्र भलिबल , हाइजम्प , त्रिपल जम्प , लङ्ग जम्प , सट फुट , ज्यापलिन थ्रो , रिले दौड ४०० मिटर र १६०० मिटर , खेलहरु हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा प्रथम हुनेले राष्ट्रपति सिल र प्रमाणपत्र प्राप्त गर्नेछ भने अन्य प्रतियोगितामा विजयी हुनेले ट्रफी र प्रमाणपत्र पाउनेछन ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सभा सदस्य माननीय जोख बहादुर महाराले खेलकुद एउटा जिवनको महत्त्वपर्ण अङ्ग रहेको बताउदै हाम्रो स्वास्थ्यको लागि राम्रो भएको र प्रतिभाको बिकाश गरेर राष्ट्रिय अन्तरास्ट्रिय खेलकुद प्रतियोगितामा खेल खेल्न सक्ने त्यस्ता खेलाडिहरु निर्माण गरि राष्ट्रलाई चिनाउन सक्ने बताउनु भएको छ ।

त्यस्तै कार्यक्रममा गाउँपालिका अध्यक्ष जनक पुन ले रनिङ सिलको महत्त्वपुर्ण भुमिका रहेको बताउदै , यस गाउँपालिकामा रनिङसिल आउदै गर्दा केही बिद्यालय र शिक्षक शिक्षिकाहरुलाइ ज्वरो आउने गरेको बताउदै यहाँ उत्साह उमंग र जोस जागर खेल जगतमा नभएको बताउनु भयो । त्यस कारण आगामी दिनमा राष्ट्रपति तथा रुन्टिगढी रनिङ सिल प्रतियोगिता लाई एउटा उत्साह , जोस जागरका साथ महत्त्व पुर्ण चाडको रुपमा मनाउनु पर्ने बताउनु भएको छ ।

रुन्टिगढी गाउँपालिका वडा ४ को सुर्यदय माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेगम बहादुर कवरको अध्यक्षतामा सुरु भएकोको कार्यक्रममा प्रमुख अथिति लुम्बिनी प्रदेश सदस्य जोख बहादुर महारा , विशिष्ट अथिति रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन , निवर्तमान रुन्टिगढी गाउँपालिका अध्यक्ष बालाराम बुढा , उपाध्यक्ष सरिता के.सि , ९ वटाका वडा अध्यक्षहरु , सुनिल स्मृति गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पवन कवर , रुन्टिगढी गाउँपालिका शिक्षा शाखा प्रमुख अन्जु शर्मा , राजनीतिक दलका प्रतिनिधि , बिद्यालयका शिक्षक , शिक्षिका लगायत विद्यार्थी खेलाडिहरुको उपस्तिथि रहेको थियो । कार्यक्रम संचालन भने सुर्यदय माध्यामिक बिद्यालयका शिक्षक इश्वरी प्रसाद के.सि ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस