घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको बिक्री खुला भएको आईपीओमा बुधबार बिहान १० बजे सम्म ११ करोड ३३ लाख ८२ हजार ७५० सय रुपैयाँको आवेदन परेको छ।
वैशाख १९ गते देखि खुला भएको आईपीओमा ६७०२ जनाले २,६०,६५० कित्ताको लागि आवेदन परेको हो। तर यो आवेदन भने १०० रुपैयाँको होइन। सार्वजनिक निष्काशनको १०%, तथा जारी पूँजीको १.९०% ले हुन आउने जम्मा रकम रु. ७,५४,६६, १००/ बराबरको अंकित मूल्य रु.१००/ प्रिमियम बापत रु.३३५/- थप गरि प्रति सेयर रु.४३५/- को दरले ७,५४,६६१ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरिएको छ।
यो संगै घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि पानि आईपीओ खुला भएको छ। कम्पनीले आफ्नो जारी पूँजी रु.३,९७,१९,००,६००/- को २०%, अर्थात रु.७९, ४३,८०,१००/- बराबरका ७९, ४३, ८०१ कित्ता मध्ये सार्वजनिक निष्काशनको ५% तथा जारी पुँजीको १% ले हुन आउने जम्मा रकम रु. ३,९७,१९,०००/- बराबरको अंकित मूल्य रु.१००/- मा प्रिमियम वापत रु.३०० थप गरी प्रति सेयर रु.४००/- को दरले ३,९७,१९० कित्ता उद्योग प्रभावित क्षेत्र दाङ जिल्लाको घोराही उप-महानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८, १९ दाङ जिल्ला, बंगलाचुली गा.पा. वडा नं. ३, ४ र रोल्पा जिल्ला त्रिवेणी गा.पा. वडा नं. ३, ४ का बासिन्दाहरुको निमित्त छुट्टाईएको छ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा जेठ २ गते हुनेछ भने ढिलोमा जेठ १७ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने जेठ २ गतेभित्र आवेदन दिनु पर्नेछ।