अर्थमन्त्रीको चर्चामा रास्वपाबाट स्वर्णिम वाग्ले र एमालेबाट विष्णु पौडेलको नाम अघि आएको सँगै सेयर बजारमा तेस्रो पटक पनि सर्किट ब्रेक लागेर बजार बन्द भएको छ।
कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।
२० मिनेटपछि खुलेको कारोबारमा फेरि ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेको हो । दाेस्रो सर्किटपछि नेप्से परिसूचक ९८ अंक बढेर २०५९ अंकमा पुगेको छ ।
४० मिनेटपछि पुन खुलेको कारोबारमा फेरि ६ प्रतिशत बढेपछि तेस्रो पटक सर्किट लागेको हो । तेस्रो सर्किटपछि नेप्से परिसूचक ११७.७ अंक बढेर २०७८ अंकमा पुगेको छ ।
कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । त्यसपछि खुलेको बजारमा थप १ प्रतिशत विन्दु वा कुल ५ प्रतिशत घटेमा वा बढेमा दोस्रो सर्किट ब्रेक लाग्छ । र फेरि खुलेको बजारमा ६ प्रतिशत घटेमा वा बढेमा तेस्रो सर्किट ब्रेक लागेमा बजार त्यो दिनको लागि बन्द हुने नियम रहेको छ ।