• एउटै दृष्टि, भिन्न कोण
  • Search

३५ अंकले बढ्यो नेप्से, नयाँ रेकर्ड बनाउदै बुलिस यात्रामा

काठमाडौ २०८० पुष ४ गते बुधवार

दिन प्रतिदिन नयाँ रेकर्ड बनाउदै नेप्सेले बुलिस यात्रालाई कायम राख्दै आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । बुधबार सेयर बजारको परिसूचक नेप्से ३५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१४१ अंकमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

अघिल्लो साताको आइतबारदेखि नै लय समाएको सेयरबजारले आज पनि यही क्रमलाई निरन्तरता दिँदै प्रभावकारी वृद्धि देखिएको हो । अघिल्लो दिन कुल ५ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएकोमा यस दिन ७ अर्ब ९५ लाख रुपैयाँको कारोबार भयो । बुधबारको कारोबार रकम करिब १ वर्षयताकै उच्च हो ।

आज उत्पादन उपसूचक सर्वाधिक ७.१६ प्रतिशतले बढ्दा लगानी उपसूचक ६.९२ प्रतिशत र ट्रेडिङ उपसूचक ६.२ प्रतिशतले बढे । आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.८९ प्रतिशतले घट्दा निर्जीवन बिमा उपसूचक ०.०८ प्रतिशतले घट्यो ।

आज १५ कम्पनीहरुको सेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भयो ।

प्रतिक्रिया दिनुहोस