माडी गाउँपालिका र हेफर प्रोजेक्ट इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगबाट माडी गाउँपालिकामा माटो परिक्षण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

माडी गाउँपालिका र हेफर प्रोजेक्ट इन्टरनेशनल नेपालद्वारा संचालित आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत कृषि तथा पशु विकासमा आधारित सानाकिसान तथा युवा उद्यमशिलता परियोजनाले अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।
माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका स्थित परियोजना संचालन तथा अनुगमन समितिका सदस्य र विभिन्न कृषक समुहका पदाधिकारीको उपस्थिति रहेको छ । अभिमुखिकरण कार्यक्रमको प्रशिक्षकमा माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा, बाँकेका कार्यालय प्रमुख कमल शाही, प्राविधिक सहायक खिम बहादुर केसी, लगाएत रहनुभएको थियो । अभिमुखिकरण संगै ३ दिनसम्म माडी गाउँपालिकाका विभिन्न स्थानको माटो परिक्षण गरी उत्पादनको पहिचान गरिने छ ।
रुडास नेपालका कार्यकारी प्रमुख शोभाराम डाँगीको विषय प्रवेशवाट शुरुभएको कार्यक्रमको संचालन परियोजना प्रमुख अन्जु खत्रीले गर्नुभएको गाउँपालिकाका प्रेस सल्लाहकार बुद्धिमान ओलीले जानकारी दिनुभयो ।

