• एउटै दृष्टि, भिन्न कोण
  • Search

माडी गाउँपालिकामा माटो परिक्षण शुरु

रोल्पा २०८० जेष्ठ ४ गते बिहिवार

माडी गाउँपालिका र हेफर प्रोजेक्ट इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगबाट माडी गाउँपालिकामा माटो परिक्षण शुरु भएको छ ।

माडी गाउँपालिका र हेफर प्रोजेक्ट इन्टरनेशनल नेपालद्वारा संचालित आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत कृषि तथा पशु विकासमा आधारित सानाकिसान तथा युवा उद्यमशिलता परियोजनाले माटो परिक्षणको आयोजना गरेको हो । माटो परिक्षणका लागि माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा, बाँकेका कार्यालय प्रमुख कमल शाही, प्राविधिक सहायक खिम बहादुर केसी, लगाएतको टोली हिजो नै घर्तिगाउँ आइसकेको छ ।

माटो परिक्षण ३ दिनसम्म चल्ने छ । परिक्षणले माडी गाउँपालिकाका विभिन्न स्थानको माटोबाट उत्पादनको पहिचान गरिने छ । 
     

प्रतिक्रिया दिनुहोस