मुगुका बिद्यालयहरुमा ब्यक्तिगत सरसफाइ प्रवर्द्धनकालागि सरसफाइ स्वच्छता सामाग्री बितरण गरिएको छ । गुड नेवर्स जापानको आर्थिक सहयोगमा कर्णाली गरिबी न्यूनिकरण तथा विकास मञ्च मुगु द्वारा जिल्लाको ३४ वटा बिद्यालयमा सरसफाइ सामाग्रि बितरण गरिएको हो ।
बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुमा ब्यक्तिगत सरसफाइ गर्ने बानीको विकास होस भन्ने उद्येश्यले अध्यनरत वालवालिकाहरुलाइ नुहाउने सावुन, दन्तमन्जन, ब्रुस, बिद्यालयमा महिनावारी स्वच्छता कर्नरकोलागि महिनावारी सुरक्षा प्याड, पेन्टी कट्टु, थर्मल गन, सबै कक्षाकोठामा पुग्नेगरी डस्टविन, डस्टपिग, झारु, शौचालय सरसफाइकोलागि हरपिक, फिनेल, ट्वाइलेट ब्रस, लगाएतका सामाग्रीहरु उपलब्ध गराइरहेको फिल्ड अफिसर टेकम वलीले जानकारी दिए । उनका अनुसार खत्याड गाउपालिकामा ८ वटा बिद्यालय, सोरु गाउपालिकामा १० वटा विद्यालय, छाँयानाथ रारा नगरपालिका मा १६ बिद्यालय गरि जम्मा ३४ बिद्यालयहरुमा सामाग्री सहयोग गरिने छ।
कर्णाली गरिबी न्यूनीकरण तथा विकास मञ्च द्वारा मुगु जिल्लामा गुड नेवर्स जापानको सहयोगमा बिद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना संचालना रहेको छ । जिल्लाका ३४ बिद्यालयमा लैङ्गिक, अपाङ्ग, महिनावारी स्वच्छता मैत्री शौचालय, बायो स्याण्ड प्रविधि जडित खानेपानी, फोहोर ब्यवस्थापन संरचना निर्माण अन्तिम चरणमा रहेको संस्थाका अध्यक्ष शिवशम्भु मल्लले जानकारी दिए । उनका अनुसार सोही परियोजना मार्फत बिद्यालय र बिद्यार्थीको सरसफाइ बानी ब्यवहार विकासकोलागि सरसफाइ तालिम लगाएत सामाग्री वितरण गतिविधि संचालन भैरहेको जानकारी दिए ।