• एउटै दृष्टि, भिन्न कोण
  • Search

सिद्दार्थ नमुना माविको बिब्यस पुनर्गठन: अध्यक्षमा ओली

रोल्पा २०८२ मङ्सिर ११ गते बिहिवार

सिद्दार्थ नमुना माध्यामिक विद्यालय घोप्टेओडार गंगादेव ३ रोल्पाको विद्यालय व्यवस्थापन समितिको पुनर्गठन भएको छ। बिद्यालयले आयोजना गरेको अभिभावक भेलाबाट सर्वसम्मत चयन प्रतिनिधिहरुको पहिलो बैठकबाट समिति गठन भएको हो ।

अध्यक्षमा जुझारु युवा डिल्लीरमण वली सर्वसम्मत चयन भएको निवर्तमान बिब्यस अध्यक्ष कुलबहादुर गुरुङ्ले बताए । उनले आफ्नो फेसबुक वालमा आफ्नो कार्यकाल सकिएको बताएका छन्। साथै नेतृत्वमा रहदा सहयोग गर्ने सबैलाई सम्झिदै धन्यवाद दिएका छन् ।

अध्यक्ष – डिल्ली रमण वली, पदेन सदस्य – लोकमान वली (वडाध्यक्ष), सदस्य – शंकर डाँगी, महिला सदस्य- रमिता गुरुङ, महिला सदस्य- बिष्णु पुन, सदस्य – गोपाल वली, सदस्य – गौसरा पुन मगर (वली), शिक्षक प्रतिनिधि – गोर्ख बहादुर वली, सदस्य सचिव – वीर वहादुर घर्ती (प्रधानाध्यापक) रहेको समिति निर्माण भएको हो ।

नवगठित डिल्लीरमण ओली नेतृत्वको बिब्यस समितिलाई जुजारु यूवाहरुले सामाजिक संजाल मार्फत बधाई ब्यक्त गरेका छन् । सिद्दार्थ मावि घोप्टेओडार नेपाल सरकारले नमुना विद्यालयकोरुपमा छनौट गरी पूर्वाधार निर्माणमा प्रयाप्त काम गरेको बिद्यालय हो ।

प्रतिक्रिया दिनुहोस