• एउटै दृष्टि, भिन्न कोण
  • Search

स्वर्गीय खड्क बहादुर डाँगीको नामबाट बिद्यालयमा अक्षय कोष स्थापना

राेल्पा २०८२ जेष्ठ ११ गते आइतवार

माडी गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय तलावाङमा दिवंगत श्रीमान र बुवाको नाममा श्रीमति र छोराबुहारीहरुले अक्षय कोष स्थापना गरेका छन ।

श्रीमति र छोरा बुहारीहरुले स्वर्गीय खड्क बहादुर डाँगीको नामबाट कुल २ लाख २२ हजार २ सय २२ रुपैयाको अक्षय कोष स्थापना गरेको बिद्यालयका प्रधानाध्यापक लोकचन्द्र प्रकाश घर्तिमगरले जानकारी दिनुभयो । बिद्यालयको सर्वाङगीत बिकासको लागि आफुहरुले अक्षय कोषको स्थापना गरेको स्वर्गीय खड्क बहादुर डाँगीका छोरा हुकुम प्रशाद डाँगीेले बताउनुभयो । अक्षय कोष स्वर्गीय खड्क बहादुर डाँगीका श्रीमती जैछला डाँगी, जेठा छोरा निम बहादुर डाँगी, जेठी बुहारी रेवती डागी, माइला छोरा कुल बहादुर डाँगी,माइली बुहारी नौसरी डाँगी, साइला छोरा गणेश डाँगी, साइली बुहारी देउकला डाँगी, काइला छोरा हुकुम प्रसाद डाँगी, काइली बुहारी देवीसरा डाँगी, कान्छो छोरा लोक बहादुर डाँगी र कान्छी बुहारी डिलसरी डाँगीले स्थापना गर्नुभएको हो । अक्षय कोषबाट प्राप्त व्याजले बिद्यालय र बिद्यार्थीको हितमा खर्च गर्ने बिद्यालयले जानकारी दिएको छ । अक्षय कोष गएको जेठ ९ गते शुक्रबार बिद्यालयमा औपचारिक कार्यक्रम गरेर स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस