• एउटै दृष्टि, भिन्न कोण
  • Search

माडी गाउँपालिका वडा नम्बर ५ जातीय छुवाछूत मुक्त वडा घोषणा

रोल्पा २०८० जेष्ठ २५ गते बिहिवार

रोल्पाको माडी गाउँपालिका वडा नम्बर ५ भावाङ जातीय छुवाछूत मुक्त वडा घोषणा भएको छ ।

माडी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तेजेन्द्र बुढामगरको अध्यक्षता एवम् जिल्ला समन्वय समिति रोल्पाका उप-प्रमुख कर्मलाल परियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा माडी गाउँपालिका उपाध्यक्ष जयपुरी घर्तिमगर, २ नम्बर वडा अध्यक्ष एवम् गाउँपालिका सामाजिक विकास समिति संयोजक ललित घर्तिमगर, कार्यपालिका सदस्यहरु ओस बहादुर बिका, इन्द्र बहादुर सिटिमहर बिक, नेकपा माओवादी केन्द्र माडी गाउँपालिका सचिव विर बहादुर घर्ति, सह सचिव झक्कु प्रसाद परियार, नेपाली कंग्रेस वडा सभापति दिल बहादुर डाँगी, ५ नम्बर वडाका वडा सदस्यहरुलगाएत सरोकारवालाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति उप प्रमुख परियारले भावाङमा जातीय छुवाछूत अन्त्य भएपनि अहिले औपचारिकता प्रदान गरेकोमा वडालाइ बधाई दिनुभएको थियो । त्यस्तै विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष घर्तिमगरले माडी गाउँपालिकामा हालसम्म त्यस्तो कुनै जातीय छुवाछूत नभएपनि सरकारको निति अनुसार घोषणा गरेको बताउदै कुनैपनि बिभेदको अन्त्य गर्न सरकार लागिरहेको बताउनुभयो ।
  

कार्यक्रममा आमा समुह, टोल विकास संस्था, झाकी समुहले आ-आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रमको विचविचमा विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो ।

वडा सदस्य रत्न बहादुर डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन पत्रकार बुद्धिमान ओलीले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस