रोल्पाको माडी गाउँपालिकाका पुर्ण खोप सुनिश्चित पालिका घोषणा भएका भएको छ ।
माडी गाउँपालिकाका ६ वटै वडाका जन्मेदेखि ५९ महिनासम्मका बालबालिकाहरु यसवर्ष पुर्ण खोप लगाएकाले घोषणा प्रमाणित सभामार्फत आज एक कार्यक्रमबाट घोषणा गरिएको छ । माडी २ नम्बर वडाको सभाहल कार्यक्रम गर्दै पुर्ण खोप पालिका घोषणा गरिएको हो । प्रत्येक वर्ष बालबालिकालाइ पुर्ण खोप सुनिश्चित भएपछि कार्यक्रममार्फत घोषणा गर्ने प्रचलन रहेको छ ।
माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नोखराज पोख्रेलले पुर्ण खोपको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।