• एउटै दृष्टि, भिन्न कोण
  • Search

गंगादेव गाउँपालिकाको नीति तथा कार्यक्रम पेश, कृषि कार्यक्रमलाई प्राथामिकता (पूर्णपाठ)

रोल्पा २०८० असार ७ गते बिहिवार

गंगादेव गाउँपालिकाको १४औँ गाउँसभा विहिबार सम्पन्न भएको छ । उक्त गाउँसभामा आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेश भएको छ । नीति तथा कार्यक्रमलाई गाउँपालिकाका अध्यक्ष हरि बहादुर पुनले प्रस्तुत गरेका थिए ।

आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा कृषि कार्यक्रमलाई बिशेष प्राथामिकता दिईएको छ । उक्त कार्यक्रम अन्तर्गत उत्पादनको वृद्धि तथा कृषकहरुको प्रोत्साहनका लागि विभिन्न कृषि अनुदान कार्यक्रमलाई जोड दिएको छ ।

कृषिमा लगानी बढाउन बिभिन्न निकाय र संघसंस्थाहरुसंग समन्वयगरि लगानी भित्र्याउने नीति रहेको छ ।

‘जनता संग स्वास्थ्य कर्मी कार्यक्रम’ लगायतका अन्य स्वास्थ्य कार्यक्रमहरु नीति तथा कार्यक्रम भित्र समेटिएको छ ।

त्यसैगरी गाउँपालिकाको प्रशासनिक भवन निर्माण योजनालाई पनि बिशेष प्राथामिकतामा राखिएको छ । उक्त भवन सुकाओढारमा रहेको पुरानो सेवा केन्द्रको नाममा रहेको जग्गामा निर्माण गरिने गाउँपालिका अध्यक्ष हरि बहादुर पुनले बताए ।

सुचना संचार तर्फ गंगादेवको गतिविधिलाई मध्यनजर गरि गंगादेव बुलेटिन प्रकाशन गर्ने, गंगादेवको आफ्नो पहिचान सहितको लोगो निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पेश भएका बुंदाहरु मध्ये बिद्यालय मर्ज बारे उपाध्यक्ष लगायत केहि गाउँसभा सदस्यहरुद्वारा असहमति भएपनि बहुमत गाउँसभा सदस्यहरुबाट पारित भएको छ ।

पूर्णपाठ

प्रतिक्रिया दिनुहोस