• एउटै दृष्टि, भिन्न कोण
  • Search

माडी गाउँपालिकाद्वारा विपदमा ज्यान गुमाएका परिवारलाइ आर्थिक सहयोग गर्ने निर्णय

रोल्पा २०८० भाद्र १० गते आइतवार

रोल्पाको माडी गाउँपालिकाले विपदमा ज्यान गुमाएका ३ परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
    आज बसेको गाउँ कार्यपालिकाको बैठकले रोजगारको सिलसिलामा भारतको चन्दौली जिल्लामा पहिरोमा परी मृत्यु भएका माडी ५ भावाङका शेर बहादुर बुढामगर, पोस्ते वली र माडी ५ लाप्चुनमा पहिरोले पुरिएर मुत्य भएका माडी ५ बाङ्माकी लाली वलीलाइ जनही ३०/३० हजार रुपैयाँ दिने निर्णय गरेको गाउँ कार्यपालिकाका प्रवक्ता रेग बहादुर मल्लले जानकारी दिनुभयो ।

त्यस्तै आजै बसेको गाउँ कार्यपालिकाको बैठकले आउदो असोज १५ गतेभित्र उपभोक्ता समिति गठन गर्ने र उपभोक्ता समिति गठन भएकाको हकमा वडा मै गएर सम्झौता गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस