• एउटै दृष्टि, भिन्न कोण
  • Search

प्रथम जुनियर बेल्ट ग्रेडिङ कार्यक्रम घर्तिगाउँमा सम्पन्न

रोल्पा २०८० भाद्र १४ गते बिहिवार

तेक्वान्दो विकास समिति माडी गाउँपालिकाको आयोजनामा प्रथम जुनियर बेल्ट ग्रेडिङ कार्यक्रम माडी २ घर्तिगाउँमा सम्पन्न भएको छ ।

तेक्वान्दो बिकास समिति माडी गाउँपालिका अध्यक्ष मधु सुधन बुढामगरको अध्यक्षता एवम् माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तेक्वान्दो बिकास समिति रोल्पाका अध्यक्ष हेमन्त खत्रीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा माडी ५ का वडा अध्यक्ष तेजेन्द्र बुढामगर, नेपाल पत्रकार महासंघ रोल्पाका जिल्ला सदस्य एवम् रेडियो माडी आवाजका स्टेशन म्यानेजर बुद्धिमान ओली, तेक्वान्दो प्रशिक्षणहरुलगाएतको आतिथ्यता रहेको थियो । माडी गाउँपालिका वडा नम्बर २ को सभाहलमा भएको कार्यक्रममा तेक्वान्दोका खेलाडीहरुले आ-अफ्नो खेलको माध्यमबाट कला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विभिन्न बेल्ट प्राप्त गरेका खेलाडीलाइ प्रमाण पत्र र जुनियर खेलाडीलाइ ग्रेडिङ गरेर प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष घर्तिमगरले माडी गाउँपालिकामा तेक्वान्दोको विकासमा लागिपरेकोमा समिति अध्यक्षलगाएत सिंगो कार्यसमितिलाइ धन्यवाद दिदै सरकारले समेत सक्दो सहयोग गरेको र आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । माडी गाउँपालिकामा वि.स. २०७६ सालदेखि मधु सुधन बुढामगरको अध्यक्षतामा तेक्वान्दो बिकास समिति गठन गरेर विभिन्न गतिविधि गर्दै आइरहेको छ । रोल्पा जिल्लाका पालिका तहमा माडी गाउँपालिका दोस्रो बढी खेलाडी सहित तेक्वान्दो खेल फस्टाइरहेको छ । पश्चिम रोल्पाको केन्द्र समेत भएकाले घर्तिगाउँमा खेल क्षेत्रको बिकासको लागि सबै सरोकारवाला लाग्नुपर्ने खेलाडीहरुको चाहना रहेको छ ।

खेलाडी टपेन्द्र घर्तिमगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन समितिका सचिव एवम् तेक्वान्दो प्रशिक्षक दिनेश बुढामगरले गर्नुभएको थियो । अन्य तस्वीरहरु:-

प्रतिक्रिया दिनुहोस