• एउटै दृष्टि, भिन्न कोण
  • Search

मातृभूमिलाई माया गराैँ

रोल्पा २०८० पुष ११ गते बुधवार

हे नेपाली हो, जाँदैछौ कता-कता,
यहाँ बलियो बनाऊं, राष्ट्रिय एकता।
भाई फुटे अनि गवार लुटे, भनेझैँ,
थरी-थरी फूलको माला,गासौं सबै !
श्रम गरी स्वदेशमा,पसिनाले भिझाऊँ,
सुन फलाइ पाखोबारी,पसिनाले सिचाऊँ।
कति बन्नु विदेशीको गुलाम,हाम्रो दाजुभाई,
मातृ‌भुमी सिंगारी सुखी बनाऊँ,आमालाई।
नेपाल बने हामी बन्छौ, पुस्ता पनि बन्छ,
यो धर्तीमा रोपेको फसल,नत्र कस्‌ले खन्छ !
संसार रच्ने मानवहरु जन्मिएको,हाम्रो देश ,
आफ्नो धर्तीमा रहि एक गास,खाई बस्नु बेस।
हिमालको काखमा सगरमाथाको,छत्रमा रही,
दृढ र कठोर तपस्या,छिमेकीको हपाहा सही।
विश्वको नजर परेको अमूल्य,हाम्रो मातृभुमी,
एकताबद्ध भइ सिंगाराैँ,नेपालसरद घुमीधुमी।
सदियाैँ देखि टसमस नभएको,अविरल अटल,
संसारमा स्वाभिमान रहेको,सुन्दर शान्त नेपाल ।

प्रतिक्रिया दिनुहोस