• एउटै दृष्टि, भिन्न कोण
  • Search

चित्कार- कविता

दाङ २०८० पुष १६ गते सोमवार

दिनभरि चारो टिप्न गए पनि,
भरे म मेरै गुडमा ओत लाग्छु।
गुड छोडेर कतै भाग्छ कि भनेर,
मलाई पिजडामा थुन्न नखोज।

बरु मेरो चारो टिप्ने ठाउँ नबिथोलिदेउ।
मेरो गुड नभत्काईदेउ।
अरु दिन नसके पनि तिम्रो सेरोफेरोमा,
सुन्दरता थपीदिँउला, शोभा बढाईदिँउला।

मलाई तिम्रो पिजडा भन्दा,
खुल्ला आकाश प्यारो छ।
आफूमाथिको आकाश पनि मेरै हो नभन,
त्यो त प्रकृतिको साझा उपहार हो।

कृपया मलाई बन्धक बनाएर,
भजन मण्डलीमा समावेश नगर।
मलाई तिम्रो गुणगान गर्ने फुर्सद छैन,
सन्तानको वर्तमान र भबिष्यको पिरलो छ।

                                                          

प्रतिक्रिया दिनुहोस