स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजीगरि लार्भा नष्ट गर्ने तथा स्थानीय तह सँगको पैरवी कार्यक्रम गंगादेव गाउँपालिका रोल्पामा सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा संचालित पैरवी कार्यक्रमा डेंगु रोगको लक्षण, यसको निदान तथा व्यवस्थापन, भ्याक्सीन, डेंगु सार्ने लामखुट्टे, डेंगी लामखुट्टे नियन्त्रणका बिधिहरु, रोकथामको उपाय लगाएतका विषयमा प्रस्तुति राखिएको थियो ।
डेंगुले मान्छेको ज्यान सम्म लिन सक्ने भएकाले यसलाई सामान्य रुपमा लिन नहुने र पछिल्लो समय रोल्पा जिल्लामा पनि डेंगु सक्रमण फैलिरहेको हुदा यस बाट बच्नकोलागि लामखुट्टेको टोकाईबाट बच्ने, आफ्नो घर वरी-परी दैनिक सरसफाई गर्ने, कुनै पनि भाँडामा पानी जम्न नदिने लगाएतका कुरामा ध्यान दिनुपर्ने विषयमा छलफल भएको छ ।
पानी जमेको क्षेत्रमा लामखुट्टेको बासस्थान हुने भएकोले पालिकाको केहि जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान समेत खोजिएको थियो ।
डेंगु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रममा गंगादेव गाउँपालिका उपाध्यक्ष अमृता कुमारी के.सी, गंगादेव गाउँपालिका वडा नं २ का वडा अध्यक्ष अम्मर बहादुर खत्री, ३ नं वडा अध्यक्ष लोकमान वली, ५ नं कार्यवाहक वडा अध्यक्ष प्रेम बहादुर वली, वडा नं ६ वडा अध्यक्ष विर बहादुर वली र ७ का वडा अध्यक्ष प्रेम प्रकाश वली, गंगादेव गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर योगी, स्वास्थ्य शाखा प्रमुख नरहरीनाथ योगी लगाएत ७ वटै वडाका स्वास्थ्यकर्मि गाउँपालिकाको विभिन्न शाखामा कार्यरत कर्मचारी लगाएतको कार्यक्रममा उपस्थिति रहेको थियो ।