• एउटै दृष्टि, भिन्न कोण
  • Search

तुलसीपुर महोत्सव समापन गर्न जिल्ला प्रशासन कार्यालयको निर्देशन

दाङ २०८१ फाल्गुन १७ गते शनिवार

जिल्ला प्रशासन कार्यालय, दाङले तुलसीपुरमा संचालन भइरहेको “कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धनका लागि तुलसीपुर महोत्सव २०८१” समापन गर्न निर्देशन दिएको छ।

प्रशासनको पत्रअनुसार, चेम्बर अफ कमर्सलाई मिति २०८१ फागुन १६ गते सम्म संचालन गर्न अनुमती दिएकोमा हाल सम्म पनि संचालनमा रहेको भन्ने जानकारी प्राप्त भएकोले फागुन १७ गते बेलुका ७ बजे भित्र महोत्सवका कार्यक्रमहरू समापन गर्न निर्देशन दिएको छ ।

चेम्बर अफ कमर्स तुलसीपुर दाङले कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन गर्ने उदेश्यले दोस्रो तुलसीपुर महोत्सव २०८१ मिति २०८१ फागुन १ गते संचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस