• एउटै दृष्टि, भिन्न कोण
  • Search

स्ववियु निर्वाचन: सानोठिमी क्याम्पसमा अखिल (क्रान्तिकारी)का नरेन्द्रसिंह ठगुन्ना विजयी

काठमाडौ २०८१ चैत्र ६ गते बुधवार

त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस भक्तपुरको सानोठिमि क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा अध्यक्ष पदमा अखिल क्रान्तिकारीका उम्मेदवार नरेन्द्रसिंह ठगुन्ना विजयी भएका छन्। उनले ३९७ मत प्राप्त गरेका छन्।

सचिव पदमा नेविसंघका उम्मेदवार दिक्पाल कार्कीले ४०० मत ल्याएर जित हासिल गरेका छन् भने कोषाध्यक्ष पदमा अखिल क्रान्तिकारीका कुमार मानन्धर ‘कविर’ ४७९ मत प्राप्त गरी विजयी भए।

सदस्यतर्फ अखिल क्रान्तिकारीका फुरवा छिरिङ लामा (४१३), हस्तबहादुर खड्का (४१७), कुशल अधिकारी (४३९ ) र लंका वली (४३७) मत प्राप्त गरि निर्वाचित भए।

यस्तै, नेविसंघका उम्मेदवार झरना कार्की (४३१), सुवास पौडेल (४३३ ) र सुजिता कार्की (४३०) सदस्य पदमा विजयी भए।

यस क्याम्पसमा अखिल(क्रान्तिकारी) र नेविसंघले समिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस