• एउटै दृष्टि, भिन्न कोण
  • Search

सत्ता र शक्ति स्थायी हुँदैन, जनताले नयाँ बाटो खोज्‍न थाले : सांसद मास्की

दाङ २०८२ भाद्र ७ गते शनिवार

लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का सांसद धनबहादुर मास्कीले दाङको विकासका लागि प्रमुख दलका शीर्ष नेताले दिएका आश्वासन पूरा नभएको बताएका छन्।

तुलसीपुरमा शनिबार एच आर मिडिया हाउस प्रालिको दोस्रो वार्षिकोत्सवमा बोल्दै उनले टरिगाउँ विमानस्थल स्तरोन्नति गर्ने विषयमा तीनै दलका नेताले पटक–पटक आश्वासन दिए पनि प्रत्यक्ष काम नदेखिँदा नागरिक निराश बनेको बताए।

उनले एमाले र कांग्रेसले दुई तिहाइको दम्भ देखाएर नेतृत्व गरेको भए पनि स्थायी उपलब्धि दिन नसकेको उल्लेख गर्दै सत्ता र शक्तिको घमण्ड स्थायी नहुने टिप्पणी गरे। मास्कीका अनुसार प्रमुख दलको नेतृत्व कमजोरीकै कारण जनता विकल्प खोज्न थालेका छन्।

सोही कार्यक्रममा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले समाज रूपान्तरणमा सञ्चारको योगदान महत्त्वपूर्ण हुने बताए। उनले गाउँका टाढा–टाढाका आवाजलाई मुख्यधारमा ल्याउन पत्रकारलाई आग्रह गरे।

एच आर मिडिया हाउसका अध्यक्ष निमा रानाको अध्यक्षता, प्रबन्ध निर्देशक एच आर मगरको स्वागत मन्तव्य र चलचित्र पत्रकार संघ दाङकी सचिव निरला अर्याल गैरेको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो।

वार्षिकोत्सवकै अवसरमा रेडियो हाम्रो पहुँचकी सरीता चौधरी, नयाँ युगबोध राष्ट्रिय दैनिकका तुलसीपुर प्रमुख एकराज भण्डारी, सूचना प्रविधि क्षेत्रका तिलक केसी, पत्रकार हेमराज परिवर्तन र बिरेन्द्र घर्ती मगरलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूलाई प्रमाणपत्र र दोसल्ला प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस