• एउटै दृष्टि, भिन्न कोण
  • Search

बजेट निश्चित स्वार्थ समूहको दवाबमा आयोः सभापति अमरसिंह पुन

दाङ २०८२ असार ६ गते शुक्रवार

लुम्विनी प्रदेशको बजेट निश्चित स्वार्थ समूहको दवाबमा ल्याएको आरोप लागेको छ । नेपाली काग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले लुम्विनी सरकारका मन्त्रीहरूले आफ्नो र निश्चित स्वार्थ समूहको दवाबमा वार्षिक कार्यक्रम तथा बजेट निर्माण गरिएको आरोप लगाएका हुन ।

लुम्बिनी प्रदेश सरकारको बजेट कार्यक्रम सार्वजनिक भएपछि सत्ता गठबन्धन दलभित्रै खैलाबैला मच्चिएको छ । नेकपा एमालेको नेतृत्वमा गठित सरकारले ल्याएको बजेटमा नेपाली काग्रेस लुम्विनी प्रदेशका सभापति अमरसिंह पुनको सचिवालयले प्रेस विज्ञप्ती निकालेर विरोध जनाएपछि विवाद सतहमा आएको हो ।

सभापति पुनले ५ वटा बुदामा प्रतिपक्ष दलले लगाउने भन्दा कडा आरोप लगाएका छन । सरकारका मन्त्री तथा प्रतिनिधिहरूले आफ्नो र निश्चित स्वार्थ समूहको दवाबमा वार्षिक कार्यक्रम तथा बजेट निर्माण गरिएको लगाएतका आरोपै आरोप लगाएका छन । उनले भनेका छनः- ‘‘लुम्बिनी प्रदेशका सबै क्षेत्र तथा भूगोलमा आवश्यकता बमोजिम न्यायोचित, सन्तुलित, समानुपातिक र समावेशी रुपमा बजेट विनियोजन नभएको, प्रदेशको समुन्नत विकास र समृद्धिको लागि आवश्यकता भन्दा पहुँच, राज्यशक्ति र निहित स्वार्थपूर्ति गर्न बजेट निर्माण भएको, प्रदेशको बजेट निर्माण गर्दा आर्थिक अनुशासन तथा सामान्य नीतिगत सहभागीता नबनाइ दायरा संकुचन गरिएको र सम्बन्धित मन्त्रालय वा स्थानमा र सम्बन्धित मन्त्रालय वा स्थानमा भन्दा बाहिर अनअधिकृत व्यक्ति वा समुहको सहभागीता र अनधिकृत स्थलमा बजेट तयार गरेको, समुन्नत प्रदेशकोलागी दुरगामी महत्व तथा क्षेत्रगत रणनीतिक कार्यक्रमको भन्दा अल्पकालिन लाभका कार्यक्रमलाई विशेष जोड दिएको, विषयगत निकाय तथा कार्यालयहरूबाट प्राथमिकताका आधारमा पूर्वतयारी पुराभई आएका कार्यक्रमलाई वेवास्ता गरी सम्बन्धित नेतृत्वको स्वविवेक तथा टुक्रे योजना कार्यक्रमलाई प्राथमिकता दिएको ।’’ आरोपहरु लगाएका छन ।

लुम्बिनी प्रदेश सरकारको बजेटमाथि प्रदेशसभा सस्यहरुले असन्तुष्टि जनाइरहेको समयमा सरकारको प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिले जनाएको विरोधलाइ अर्थपूर्ण रहन्छ ।

प्रतिपक्ष नेकपा माओवादी केन्द्रका संसदिय दल नेता जोखबहादुर महराले बजेट दिशा हिन र उदेश्य विहीन भनेर टिप्पनी सुरु दिनमा नै गरे । उनले प्रदेश सरकारले आफ्नो धारणा र दिशा स्पष्ट नगर्न सकेको धारना राखे ।

बजेट निर्माणको विषयमा मन्त्रीहरु विचमा हातपात समेत गरेको र अर्थ मन्त्रालय देखी विकासे मन्त्रालयमा मन्त्रीका स्वकियहरुले बजेट विनियोजन गरिदिने भन्दै रकम उठाएको बजारमा चर्चा चलेको छ । सरकारका मन्त्रीहरु बीचमा बजेटमा असहमति रहेको कारण बजेट भाषण असार १ गते साँझ ६ बजे मात्र भएको थियो ।

अमरसिङ पुनको गृह जिल्ला रोल्पामा पनि काग्रेस एमाले गठबन्धन सरकारले बजेट कम दिएको आलोचना भइरहेको छ । अझ उनकै भाइ हरिवहादुर पुन गाँउपालिकाको अध्यक्ष भएको ३ बर्ष पुग्दा पनि उनकै गाँउमा जाने गंगादेव गाँउपालिकाको वडा नं ६ र ७ को मुख्य बाटो सुकाओडार राँक मोटरबाट अहिले सम्म स्तरउन्नति हुन सकेको छैन । उनका भाइले आफ्नो गाँउ जाने बाटो प्रदेश सरकारको सहयोगमा यस बर्ष स्तरउन्नती गर्ने वचन दिएका थिए ।

लुम्विनी प्रदेशको वार्षिक विकास कार्यक्रम अर्थात रातो किताव सार्वजनिक सगै प्रदेश सभा सदस्यहरुको यत्रतत्र विरोध छ । सत्तापक्षका सांसदहरुले मन्त्रीहरुले आफ्नो अनुकुलता र विचौलियाहरुकोलागि बजेट विनियोजन गरेको प्रतिकृया दिदै आएका छन् ।

रातो किताव प्रदेश सभा परिसरमा नै जलाउने प्रदेश सभाको प्रतिकृया पछि असार ७ गतेकालागि बोलाइएको सदन नै स्थगन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस