टंंक बहादुर बुढा एराेली
मुम्बईमा कर्मथलाे बनाएका, नरेन्द्र सिंह टमटा अहिले एकाएक चर्चामा छन। जन्मभूमि अछाम जिल्लाबाट मुम्बईलाई कर्मथलाे बनाएका टमटा, यता राेजगारी गर्छन्।
राेजगारी मात्रै हाेइन, उनकाे गीत, संगीत प्रति पनि निकै रुचि छ। अाजकाल उनको स्वरमा धेरैकाे चर्चा हुन थालेको छ। कारण: उनकाे गीत – ”माेबाईल अफ हुन्छ” बाेलकाे गीत राष्ट्रिय संगितकर्मी संघ अवार्डकाे टप ५ मा परेकाे छ।
एल्बमले देश तथा प्रवासमा ठुलो चर्चा पाएपछि, उनी समेत खुसि छन्। उनी भन्छन्: ”यो मेरो खुसी नै दर्शकहरुको खुशी हाे। म गीत, संगीतलाई सधै सम्मान गरिरहन्छु।”
एकातिर रोजगारी गरेर घरपरिवार पाल्नु पर्जे र अर्कोतिर संगितलाई जोगाउन आफ्नो धेरै ठुलो संघर्ष रहेको पनि उनले सुनाए। अवार्ड पाएकाे गीतमा आफुलाई स्वरमा साथ दिने रमिला गडाईली र उक्त गितमा अभिनय गरेर यो स्थान सम्म पुर्याउने ईन्द्र श्रेष्ठ र सरिका केसी तथा बिषेश गरीको अाफ्नाे सर्जक भोजराज बिक रहेको उनले बताए।

