लोक स्टार विजेता शनी विश्वकर्मा र शान्ता रानी परियारको स्वर रहेको गीत ‘साइत…’ सार्वजनीक भएको छ । गीतमा वैदेशिक रोजगारीमा रहेका नेपालीको याथार्थ भोगाइ र पीडालाई देखाउन खोजिएको छ । उक्त गीतमा चर्चीत मोडल धुर्व हिमाली र सुनिता भण्डारीको अभिनय रहेको छ ।
मञ्जित पहाडीको शब्द , अमितबाबु रोकायाको संगीत रहेको गीतको सम्पादन मनोज कार्कीले गरेका हुन् ।
क्वालिटी क्रिएसनले निमार्ण गरेको भिडियोलाई हिम सम्झौता डिजिटल्सले व्यवस्थापन गरेको हो । संगीतकार अमितबाबु रोकायाकै युट्युब च्यानलबाट सार्वजनीक भएको गीतको भिडियो छोटोसमयमा नै निकै लोकप्रिय बनेको छ ।

