• एउटै दृष्टि, भिन्न कोण
  • Search

प्रकाश सपुत : जसले गाउँदेखि शहरसम्म गलबन्दी घन्काए !

२०७६ जेष्ठ १८ गते शनिवार

चर्चित लोकप्रिय गायक प्रकाश सपूत र गायिका शान्तिश्री परियारको गलबन्दीले यतिबेला नेपाली सांगीतिक आकाशमा दिनानुदिन चर्चा पाइरहेको छ । अहिले यो गीत युट्युबको ट्रेन्डिङ १ मा पुग्न सफल समेत भएको छ । गायक सपूतको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको निकै लोकप्रिय गीत दर्शक, श्रोताले निकै रुचाएका छन् ।

बोलमाया पनि निकै रुचाइएको बियोगान्त गीत हो । यसमा नेपाली समाजको बास्तबिकतालाई चित्रण समेत गरिएको छ । दुबै भिडियोमा सपूत र चर्चित मोडेल अञ्जली अधिकारीको अभिनयले सर्वत्र चर्चा बटुलेको छ ।

प्रतिक्रिया दिनुहोस